बाजागाजा, झाँकी र र्‍यालीसहित सुरु भयो ‘१४ औं पोखरा महोत्सव’ (तस्बिरहरु)

महोत्सव माघ ११ गतेसम्म चल्ने

पाेखरा | पुस २९, २०८२

बाजागाजा, झाँकी र र्‍यालीसहित सुरु भयो ‘१४ औं पोखरा महोत्सव’ (तस्बिरहरु)

पोखरा:  अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।

 

विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सव आजदेखि सुरु भएको हो ।

 

उक्त महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले गरिन् ।

 

१४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणको लक्ष्य राखेको छ ।

 

 

उक्त योजनाको डिपिआर अनुरुप सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ  । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ । 

 

यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने छ ।

 

रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना हुनेछ ।

 

 

महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने, लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन  र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।

 

 

 

 

 

 

 

 

 


 

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्