रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडाैं | पुस २६, २०८२

रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडौं: उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। 


शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय हुनुहुन्थ्यो। उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उहाँको राजीनामा स्वीकृति गर्दै कुलमानलाई पार्टी अध्यक्ष नियुक्त गरेको हो। 


यो पार्टी चिम चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिँदैछ। पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताउनुभयो। 


पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ।  धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भए पनि छलफल हिनताबोधका साथ अघि बढ्नुपरेको बताउनुभयो। अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरु लागेको र सफल नभएको जिकिर गर्नुभयो। 


उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राख्नुभएको थिएन। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल  भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन। मुख्य मुद्दाका विषयहरु समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन।’


पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ। यो बीचमा उज्यालो पार्टी नेपालले ठूलो क्षति व्यहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाउनु भयो।  

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्