कास्की कांग्रेस विशेष महाधिवेशनको पक्षमा
पाेखरा | पुस २४, २०८२
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।
यही २७ र २८ पुसका लागि महामन्त्री थापा र शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीका सभापति किशोरदत्त बरालले अपिल गरेका हुन् । पार्टीको हितका लागि महाधिवेशनमा सक्रिय सहभागी हुन उनको अपिल छ ।
‘नेपाली काँग्रेस एउटा राजनीतिक सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ विज्ञप्तिमा उनले लेखेका छन्, ‘पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको यो ऐतिहासिक विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई यसलाई सफल र सार्थक बनाउन म कास्कीका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’
पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन नै जारी गरेको छ । पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउनुपर्ने बरालको तर्क छ ।
केन्द्रीय कार्यालयले २१ फागुन हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने स्पष्ट पारेसंगै कांग्रेसमा विवाद झनै बल्झिएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

