माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापालाई दोहोरो उपाधि
पाेखरा | पुस १४, २०८२
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।
थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधि आफ्नों नाम गराए ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधि प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा प्रदीप जोडीले नेहाल जंगबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।
३५ वर्ष माथिको मेन्स डबलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्म जंग गुरुङको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै जितेन्द्र जोडीले सो उपाधि रक्षा गरेको हो ।
त्यसैगरी ४५ वर्षमाथिको मेन्स डबलतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी प्रथम भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२, ३–६ र सुपरटाईमा १०–५ को रोचक जित निकालेको हो ।
५५ वर्ष माथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बिमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उत्तम जोडीले सो उपाधि रक्षा गरेको हो ।
सिंगलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजबिर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए ।
३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले अनिल शाहीलाई, भिष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नविन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु जारी रहेको अधिकारीले बताए ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

