१४ औं पोखरा महोत्सवको तयारी तीव्र

पाेखरा | पुस ९, २०८२

१४ औं पोखरा महोत्सवको तयारी तीव्र

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र  पारिएको हो । 


महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन ।


सो अवसरमा बोल्दै महोत्सव सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्टयाउने गरि महोत्सवमा देखाउन आवश्यक रहेको बताउदै केसीले विभिन्न सरकारी नियकासंग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए ।


त्यस्तै अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक  सुदिप आचार्र्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामाग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल संधै रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने वताउदै आफू विभिन्न संघ संस्थामा आवद्व भएकाले अन्य संघ संस्थाहरु संग समेत सहकार्य र समन्वय गरेर अगाडि वढ्न आग्रह गर्दै पोखरालाई चिनाउने गरि काम गर्न जोड दिए ।


स्थानीय सरकारले चासो नदिएको सन्दर्भमा महानगरलाई अपनत्व  गराउने गरि काम गर्नतर्फ सम्पुर्ण लाग्नुपर्नेमा उनको जोड रहेको थियो । शंकरनाथ पौडेलले लेखनाथ भन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए । 


राज्यलाई झक्झक्याउने महोत्सव पोखरा महोत्सव भएको वताउदै १४ औं संस्करणको महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रम संगै क्लबले अहिले सम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए ।

राम बहादुर पौडेलले वातावरण मैत्रि ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । महोत्सवको पुर्वसन्ध्यामा सरसफाई कार्यक्रमको तय गरेर कार्यक्रमको अगुवाई गर्ने उनले प्रतिवद्धता जनाए ।


माधव गौतमले  पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेस गर्न सके पोखरा महोत्सवको अपनत्व वढ्ने वताए । बलराम ढुंगानले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएकाले सम्पुर्णले आआफनो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।


ईन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानि संगै साहित्यको राजधानि भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने बताइन । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लिलाधर अधिकारीले पार्किङको समस्यालाई समाधान गर्न आवश्यक रहेको बताए ।


सुवेदार जस बहादुर गुरुङले महोत्सवको उद्घाटनमा आयोजना गरिने झांकी र्यालिलाई ब्यवस्थापन गर्न आवश्यक रहेको बताउदै अमरसिंह स्कुलका संस्थापक मेजर विरसिंह र जग्गादाता देवराज घिमिरेलाई समेत महोत्सवमा स्मरण गर्न आवश्यक रहेको बताए ।  माधव घिमिरेले महोत्सवलाई सकारात्मक र नकारात्मक रुपमा लिदै स्कुलको मैदान संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए ।


राजेन्द्र बहादुर कार्कीले १४ ओैं पोखरा महोत्सवमा समाजकल्याण परिषदको तर्फबाट सहयोग गर्ने बताए ।  अनिल थापाले क्लवले गरेको कामलाई उजागर गर्न नसकेको वताउदै १४ ओैं पोखरा महोत्सवमा उजागर गर्नतर्फ जोड दिए । गोविन्द घिमिरेले महोत्सव स्थलको विकल्प आवश्यक रहेको बताए ।
 

पवित्रा देवी गुरुङले  युनाइटेड क्लवले अनुभव संगालेर अगाडि बढेको युनाईटेड क्लव र पोखराबासी मिलेर अमरसिंह चौरको संरक्षण गर्न आवश्यक रहेको बताईन ।


१४ ओैं पोखरा महोत्सवका मुल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य रभब्य वनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताए ।


संस्थापक अध्यक्ष हिमालय बख्रेललले  महोत्सवका सल्लाहकारहरु ब्याकबोन भएकाले सल्लाहकारको सललाहलाई कार्यान्वयन गरेर लैजाने बताए । पोखरा महोत्सवकै कारण पोखरा खुल्ला चिडियाखानाको अभियनता युनाईटेड क्लवनै रहेको र अवको गन्तव्य आवाशिय छात्राबास रहेको उनको भनाइ रहेको थियो ।


सरकारी विद्यालय बन्द भईरहेको सन्दर्भमा अर्चलेमा रहेको सामुदायिक विद्यालय संग समन्वय गरेर छात्राबास सञ्चालन गर्ने र छात्राबास संगै क्लबले उत्पादनलाई समेत जोडेर लैजाने गरि कृषि परियोजना समेत सञ्चालन गरेर लैजाने बख्रेलले बताए ।


कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सल्लाहकारहरु रामजी प्रसाद बास्तोला, गुप्त बहादुर कार्की लगायतले आ आफ्नो धारणा राखेका थिए । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्