कांग्रेस क्रियाशील सदस्यता: महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडाैं | पुस ८, २०८२

कांग्रेस क्रियाशील सदस्यता: महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। 


महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनुभएको छ। 


उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ। 


उहाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्ड लगायतका विषयमा जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइएको बताउनुभएको छ। 


महामन्त्ती थापाले नयाँ क्रियाशील सदस्यता  फारम वितरण गर्दा जिल्ला कार्य समितिको तर्फबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँनगरपालिका कार्य समिति र वडा कार्य समितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गराउन निर्देशन दिनुभएको हो।   

 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्