छैटौं टाइगर कप भलिबल: चार विदेशी क्लबसहित चौध समूहको प्रतिस्पर्धा हुने

आयोजक टाइगर ग्रुपको छैन ‘टिम’

पाेखरा | पुस ८, २०८२

छैटौं टाइगर कप भलिबल: चार विदेशी क्लबसहित चौध समूहको प्रतिस्पर्धा हुने तस्वीर: योगेन्द्र श्रेष्ठ

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागिता हुने भएको छ । 


टाइगर ग्रुप अफ पोखरा, नेपालले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने जानकारी दिएको हो । 


टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिदै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ७÷७ टिमको सहभागिता हुने बताए । 


‘छैटौं टाइगर कप भलिबलको तयारीलाई हामीले तिव्र बनाएका छौं, माघ ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने पक्का भएको छ, अध्यक्ष शर्माले भने, ‘प्रतियोगितामा महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स र पुरुषतर्फ माल्दिभ्स र भारतीय टिमको सहभागिता हुँदै छ ।’


उनका अनुसार पुरुषतर्फ तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ पोखरा, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोशियनसन र गुजरात क्लब भारतको सहभागिता हुनेछ ।


गत संस्करणको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको थियो । 


यस्तै महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स, तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र बुटवलको एभरेष्ट क्लबको सहमभागिता हुनेछ ।


गतवर्ष महिलातर्फको विजेता टाइगर ग्रप पोखरा नेपालले प्रतियोगितामा आफ्नो टिम नखेल्ने जनाएको छ । गत संस्करणमा नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । 


प्रतियोगिताको दुवैतर्फको विजेताले समान ६ लाख ६६ हजार ६सय ६६ र उपविजेततातर्फ समान  ३ लाख ६६ हजार ६सय ६६, तेस्रो हुने समूहले समान १ लाख, ६६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै प्रतियोगिताको महिला तथा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडीले समान २६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ विजेता खेलाडीहरुलाई समान ११ हजार ६सय ६६ र मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्र्तराष्ट्रिय भलिबल रेफ्रीहरुको समेत सहभागिता हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । 


टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवम् समाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । प्रतियोगिता अवलोकनका लागि जेष्ठ नागरिक तथा फरक क्षमता भएका दर्शकहरुलाई निशुल्क प्रवेश गरेको छ भने, सिजनल टिकटको लागि ३ हजार ५ सय रुपैयाँ तोकेको छ । 


यस्तै पत्रकार सम्मेलनको अवसरमा टाइगर ग्रप अफ पोखरा नेपालले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरुङ, नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक र टाइगर कप भलिबलका सहयोगी कोरिया निवासी खोम गुरुङलाई सम्मान गरेको थियो । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्