सहिदमार्ग साच्चिकै सहिद भएको छैन, ‘जिउँदै छ’: गाउँपालिका अध्यक्ष हिमाल
पाेखरा | पुस २, २०८२
Photo: Arjun Karki
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणमा गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।
सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवास्ता गरेको भन्दै ताराखोला गाउँपालिकाको आइतबार सञ्चालक गरको चालू आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सहिद मार्ग बारे प्रश्न उठाए ।
जनप्रेम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गुरुङ, शिक्षक टेक बहादुर पुन, कमलमणी पाठक र हरी बहादुर भण्डारीले सहिद मार्ग जिउँदै छ कि छैन भनेर प्रश्न गरे ?
जवाफमा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक (हिमाल)ले सहिद मार्ग साच्चिकै सहिद नभएर जिउँदै भएको जवाफ फर्काए ।
‘हामी झण्डै २०÷२२ वर्ष पछाडि फर्किएर हे¥यौं भने, धनसिङचोक, अमरुभुमी, सिले, अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडक खन्न सुरु गरेका थियौ’, अध्यक्ष विकले भने, यो सडक सहिदको सपना हो, सहिदहरुको पसिना, रगत बगेको छ, सहिद मार्ग साच्चिकै सहिद भएको छैन, जिउँदै छ, निर्माण हुन्छ ।’

गाउँपालिका अध्यक्षको जवाफमा चित्त नबुझेपछि स्थानीयहरुले पुनः प्रश्न गर्दै सहिदमार्गको वास्तविक रेखाङ्कन कुन हो भनेर प्रश्न गरेका थिए ?
जवाफमा अध्यक्ष विकले पुनः धनसिङचोक, अमरुभुमी, सिले अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडकको रेखाङ्कन भएको बताए ।
‘सहिद मार्ग धनसिङचोक, अमरुभुमी, सिले, अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडक हो’, उनले भने, ‘सहिदमार्ग खरिखोला हुदै गएपनि जहाँबाट गएपनि सडक निर्माण हुन्छ ढुक्क हुनुहोला ।’
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको मध्यभागबाट सुरु हुने यो सहिद मार्ग धनसिङ चोक हुदै त्रिशुलीचोकमा पुगेर विवाद रहेको छ ।
केही स्थानीयले सहिद मार्ग स्थानीयहरुले श्रमदान गरेर खनेको जङ्गलको बाटो नै कालोपत्रे गर्नुपर्नेमा माग राखपनि केही स्थानीयले माझखर्क जलजला जिरोकिलोमिटर हुँदै, चगाडि, नौले, माटेपानी, वडाकार्यालय बुकेनी, ठुलचौर ,सिले हुँदै गाउँपालिका जोड्नुपर्ने माग राख्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारको बहुवर्षे योजना अन्र्तगत त्रिशूलचोक हुँदै दरौदीसम्म सडक कालपत्रे भएपनि सडक अहिले अलपत्र रहेको छ । गाउँपालिका जोड्ने यो सडक खरिखोला वनमा गएर प्राप्त बजेट नहुँदा अलपत्र परेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षक रामकृष्ण चालिसे, र हरी प्रसाद पाठकले प्रश्न तथा सुझाव राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रथम चौमासिकमा १७ लाख २२ हजार ६ सय ३४ रुपियाँ राजश्व सङ्कलन भएको बताए ।
उनले गाउँपालिकाको ४१ करोड २५ लाख ९८ हजार ३७० रुपियाँ बजेट रहेकोमा प्रथम चौमासिकसम्म पाँच करोड २८ लाख पाँच हजार नौ सय ७८ रुपियाँ खर्च भइसकेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु खर्च पाँच करोड आठ लाख पाँच हजार नौ सय ७८ रुपियाँ र पुँजिगत खर्च २० लाख रुपियाँ रहेको बताए । उनले गाउँपालिकाका अधिकांश योजनाहरु सम्झौताको चरणमा रहेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ गाउँपालिका उपाध्यक्ष भिमबहादुर रोका, वडाध्यक्ष याम बहादुर श्रीस र शाखा प्रमुखहरुले दिएका थिए । कार्यक्रम ताराखोला गाउँपालिकको आयोजना र ताराखोला मिडिया प्रालिको सहजिकरणमा सम्पन्न भएको थियो ।
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...
पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

