चुनावमा अटेरीलाई ‘लौरो’
कास्की | बैशाख १७, २०७९
पोखराः अटेरी अभियानमार्फत स्थानीय तह निर्वाचनमा होमिएकाले उम्मेदवारले चुनाव चिन्ह ‘लौरो’ पाएका छन् ।
निर्वाचन आयोगले आज चुनाव चिन्ह निक्यौल गर्ने क्रममा अटेरीले लौरो पाएको हो । लौरो चिन्ह लगभग देशैभरमा अटेरीलाई दिएको चिन्ह भएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिए ।
‘कहिकतै दाबी भएको खण्डमा उक्त क्षेत्रमा फरक पर्न सक्ला अन्यथा देशैभर यहि चिन्ह रहनेछ’ पौडेलले भने ‘पोखरा, काठमाण्डौलगायतका क्षेत्रमा यही कन्फर्म भयो ।’ चुनाव चिन्हबाट सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा पौडेल भन्छन्
‘आयोगको निर्णय नमान्ने कुरै छैन, अझ लौरो त त्यसै पनि सांकेतिक चिन्ह हो ।’ पौडेलका अनुसार चुनाव चिन्ह लौरो खबरदारी र अटेरको पर्याय हो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

