मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
मुस्ताङ | कात्तिक २१, २०८२
तस्बिर फाइल
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ ।
उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो ।
यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पुर्याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचौँरी ल्याउनसमेत मुस्ताङ(डोल्पा सडक विस्तार गरिएको थियो । समुद्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन । मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
यसैगरी एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिनुभयो ।
साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।
कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको आठ महिना गाउँमै बस्छन् भने हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका स्थानमा जाडो छल्ने गर्छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

