हमासले राख्यो ४८ जनाको ‘बिदाइ तस्बिर’ भन्दै फोटो, नेपालका विपिन पनि
काठमाडाैं | असोज ४, २०८२
काठमाडौं: इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ।
समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।
हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। कसको मृत्यु भएको हो र को(को जीवित छन् भन्ने चाहिँ खुलेको छैन। नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आसा गरिएको छ।
यद्यपि, इजरायली अधिकारीहरूले करिब २० जना बन्दीहरू अझै पनि गाजामा जिउँदै राखिएको विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ। सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ( ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’
त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ।
इजरायलले गाजा सहरलाई पूर्णरुपमा कब्जामा लिने घोषणा गरेको छ। उक्त घोषणापछि गाजामा स्थल र हवाई आक्रमणमा तिब्रता दिएको छ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा सरप्राइज खालको आक्रमण गरेर करिब १ हजार जनाको हत्या गरेपछि इजरायलले त्यसको बदलामा गरेको आक्रमणमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

