बुधबार सार्वजनिक बिदा: शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडाैं | भदौ ३१, २०८२

बुधबार सार्वजनिक बिदा: शोक दिवसमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं:  राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। 


गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकको सम्मानमा सरकारले  बुधबार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो। 


उहाँका अनुसार बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ। 


मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै बुधबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्