जेनजी आन्दोलनका घाइते नौ जनाको मृत्यु

पाेखरा | भदौ २३, २०८२

जेनजी आन्दोलनका घाइते नौ जनाको मृत्यु सांकेतिक तस्वीर

काठमाडौं:  काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको छ। 
 

ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। सिभिल अस्पतालमा दुई, काठमाडौं मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो।   


घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ।

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्