बानेश्वरमा सेना परिचालन

काठमाडाैं | भदौ २३, २०८२

बानेश्वरमा सेना परिचालन

काठमाडौं:  नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो ।


यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । 


प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ ।


प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।


अहिले प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गरी नाराबाजी गरिरहेका छन् ।

काठमाडौं:   जेन–जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा ५ जनाले ज्यान गुमाएका छन् । संसद् भवन नयाँबानेश्वर परिसरमा पस्न खोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको हो ...

थप पढ्नुहोस्

पोखरा:   जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी ...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।   मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावप...

थप पढ्नुहोस्