काठमाडौंमा सुरक्षा व्यवस्था कडा, राति १० बजेसम्म कर्फ्यू
काठमाडाैं | भदौ २३, २०८२
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो ।
जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमाभित्र आवत–जावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शङ्खमुल ओरालो हुँदै शङ्खमुल पुलसम्म कर्फ्यू जारी भएको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

