एगा पोखराद्वारा तिजका अवसरमा शुभकामना आदानप्रदान
पाेखरा | भदौ ४, २०८२
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संस्थाले विभिन्न महत्वपूर्ण चाडपर्व लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएकोमा तिजका अवसरमा शुुभकामना आदानप्रदान गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।
पोखराको लेकसाइडस्थित होटेल पौवामा सम्पन्न कार्यक्रममा ५६जनाको सहभागिता थियो ।
कार्यक्रममा एगा पोखराका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले तिज आँर्फैमा महत्वपूर्ण संस्कृति भएको बताउनुुभयो । यसको मौलिकतालाई जोगाउनु आवश्यक भएको उहाँको भनाई छ ।
कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक सुन्ती पुर्जाले सबैको साथ र समन्वयमा कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको सभापतित्व एवम् कार्यसमिति सदस्य रामकृष्ण तिमल्सिनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा उपाध्यक्ष गीता ढकाल पौडेलले स्वागत गर्नुुभएको थियो ।
कार्यक्रममा सद्भाव सदस्य गोविन्द अधिकारी, कमल सापकोटा, पूर्व अध्यक्षहरू जीवनाथ गौतम, कृष्णकुमार श्रेष्ठ, शंकर भट्टराई र विश्वराज पोखरेल लगायतले तिजको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

