सहदेव अधिकारी नेपाल लाईफको उत्कृष्ट अवार्डबाट सम्मानित

पाेखरा | भदौ २, २०८२

सहदेव अधिकारी नेपाल लाईफको उत्कृष्ट अवार्डबाट सम्मानित

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । 


उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ ।  


तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका  अधिकारीको नेतृत्वमा  कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो । 


नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ ।


सबै जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै गण्डकी प्रदेशमा नेपाल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गरी ८३ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । 


उक्त कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत  तय भएको छ । नेपाली बीमा बजारको हालसम्मकै ऐतिहासिक १० अर्ब भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको यस जीवन बीमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको हो ।
 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्