श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखरा महानगरका वडा नं ८ र ७ ले सहयोग गर्ने
पाेखरा | साउन १७, २०८२

पोखराः पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको बृत्तिविकासका लागि पोखरा महानगरपालिकाका वडा नं ८ र ७ ले सहयोग गर्ने भएको छ ।
विगत देखिनै श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक निर्माणमा साथ र सहयोग गर्दै आइरहेको ७ र ८ नम्बर वडाले आगामी दिनमा पनि मन्दिरको भौतिक निर्माणका लागि सहयोग गर्ने भएको हो ।
श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको १९ औं दिन शनिवार सहभागी भएका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक बिकासका लागि साथ र सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरेका हुन ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले आफु विगत ७ वर्षदेखि जनप्रतिनिधीको रुपमा वडाको प्रमुख भएर आएदेखि हाल सम्म श्रीकृष्ण प्रणामी मन्दिरका लागि १८ लाख रुपैयाँ निकासा गरिसकेको बताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे ।
अध्यक्ष बरालले आफुले वडा भित्रका मन्दिरहरुलाई सहयोग गर्दै आइरहेको र श्रीकृष्ण प्रणामी मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिती रहने भएकाले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी असोजमा आयोजना गर्ने कार्यक्रमका लागि समेत आफ्नो वडाको तर्फबाट सहयोग गर्ने समेत बताए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिर वडा नं ८ मा स्थापित रहेको भएतापनि वडा नं ७ र ८ को महत्वपूर्ण धार्मिक स्थल रहेको बताए । मन्दिरलाई आफ्नो वडाबाट सहयोगलाई निरन्तरता दिदै यो पटक समेत मन्दिरको रंग रोकनको लागि एक लाख प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
श्रीमदवीतकको १९ औं दिन सम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको छ । श्रीमदवीतकमा भारतको सिलगुडीबाट समेत सहभागीता जनाएका छन ।
शनिवार सिलगुडीबाट आएका हंशदास महाराजले श्रीमदवीतकको बारेमा भक्तजनहरुलाई जानकारी दिएका थिए । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका संस्थापक कला माताले रत्नचोकमा ३४ वर्ष अगाडी श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताइन ।
आफुले सुुख दुख गरेर रत्नचोक संगै पोखराको विभिन्न तीन ठाँउमा श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरेको बताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा जुनसुकै धर्ममा आस्था राख्नेहरुले पुजाआजा गर्न पाउने समेत बताइन ।
सो अवसरमा श्रीकृष्ण प्रणामी मन्दिरको तर्फबाट कला मातालाई सम्मान समेत गरिएको थियो । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले ३४ वर्ष पहिले स्थापना भएको श्रीकृष्ण प्रणामी मन्दिरमा आजको दिन सम्म श्रीकृष्णवीतक चर्चालाई निरन्तरता दिइएको बताए । स्थानिय तह र प्रदेश सरकारको सहयोग प्राप्त भएकाले मन्दिरलाई अझै ब्यवस्थित गर्दै भौतिक संरचना निर्माणमा जोड दिने ढकालको भनाइ रहेको थियो ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिर स्थानिय सरकार र प्रदेश सरकारको साथ र सहयोग जारी रहे पोखराकै उत्कृष्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण हुने बताए ।
आगामी श्रावण ३१ गते सम्म सञ्चालन हुने श्रीमदवीतक तथा श्रीकृष्ण कथा प्रवचनमा प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्र...
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...