राष्ट्रिय कोदो दिवसका अवसरमा कोदो रोपाइँ महोत्सव

पाेखरा | साउन १६, २०८२

राष्ट्रिय कोदो दिवसका अवसरमा कोदो रोपाइँ महोत्सव

पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला/माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
    

जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
    

कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि विकास निर्देशनालय, नेपाल टेलिकम, पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिका रहेका थिए ।
    

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले बहुपोषणयुक्त कोदोको महत्वलाई बुझ्न नसक्दा यो हेला गरिएको अन्न जस्तो बनेको बताउनुुभयो ।
    

बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उहाँले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राख्नुभयो ।
    

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो ।
    

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले कोदोको महत्वलाई बुुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताउनुभयो ।
    

नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले महोत्सव मार्फत कोदो खेतीको प्रवद्र्धन गर्न खोजिएको बताउनुुभयो ।
    

औषधीजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उहाँको भनाइ छ ।
    

माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिन सके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राख्नुुभयो ।
    

नेपाल उद्योग तथा व्यवसायी संघ कास्कीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता एवम् सचिव धर्ममान सिंह भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्थानीयवासीको  राम्रो उपस्थिति थियो ।
    
 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्