प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित
हेटौंडा | साउन १५, २०८२
हेटौंडा: बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले बिहीबारका लागि तय भएको शपथ ग्रहण कार्यक्रम हाललाई स्थगित भएको उल्लेख गरिएको छ ।
यसअघि बुधबार बिहान ९ बजेका लागि शपथको कार्यक्रम राखिएकोमा सहयात्री दल एमालेले कांग्रेसको आन्तरिक विवाद कायमै रहेको र संसदीय दलको नेतामा समेत फेरबदल आएकाले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।

कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

