पोखरामा १२ लाख बढी चोरी गरेको आरोपमा ओमबहादुर पक्राउ

पाेखरा | साउन ५, २०८२

पोखरामा १२ लाख बढी चोरी गरेको आरोपमा ओमबहादुर पक्राउ

पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 


पोखरा ५ मालेमाटनस्थित  दाङ  भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो । 

पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी


पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो । 


पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्