चिनिया पर्यटकलाई लक्षित गरी पोखरामा आधारभुत चिनिया भाषा तालिम
पाेखरा | असार ३२, २०८२
पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।
पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।
पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पु¥याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उहाँले बताउनुभयो । तालिममा पोखरामा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका ८४ जनाको सहभागिता थियो ।
पोखराको पर्यटन व्यवसायलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँका पर्यटन व्यवसायीलाई सहभागी बनाएर गरिएको तालिम बहु उपयोगी बनेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।
यस किसिमका तालिमलाई आगमी दिनमा अझै परिस्कृत बनाउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।
नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीका अनुसार तालिममा चिनियाँ प्रशिक्षकद्वय रिहा र हानले सहजिकरण गर्नु भएको थियो ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेश पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरिराम अधिकारी, प्रशिक्षार्थी संगीता अधिकारी लगायतले भाषा तालिमले पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

