क्लबस्तरीय भलिबल: आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी

पाेखरा | असार २८, २०८२

क्लबस्तरीय भलिबल: आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । 


लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 


आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो । 


उपाधि जितेको आधिखोलाले १ लाख २५ हजार र उपविजेता भएको घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त ग¥यो । 


यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । 


पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधि जितेको पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो । 


यस्तै क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । 


एपिएफले ढुङ्गेदेउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । प्रतियोगितामा तेस्रो भएको एपिएफले ३० हजार र सान्त्वना भएको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

 
यस्तै प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी सञ्जुु विक्रम शाह,  स्पाइकर उमेश सेञ्चुरी , मिडल ब्लकर सुगम सुनार , डिफेन्डर राजन दलार्मी, सेटर विवश आले ,सर्भर मिलन राना, उदियमान खेलाडी ढुङ्गेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की घोषित हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी समेश केसीले ट्रफी प्राप्त गरे ।  


असार २४ देखि सुरुभएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता रहेको थियो । सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्