सुनचाँदी व्यवसायीले गरे आन्दोलनको घोषणा
सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गतेदेखि व्यवसाय अनिश्चितकालीन बन्द गरिने
काठमाडाैं | असार १०, २०८२
काठमाडौं: सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
मंगलबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघद्धारा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दालेनको घोषणा गरिएको हो ।
सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकाललिन बन्द गर्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तीसहित


कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

