एसिसी पुरुष क्रिकेट: नेपालले जापानलाई ९ विकेटले हरायो

काठमाडाैं | असार १०, २०८२

एसिसी पुरुष क्रिकेट: नेपालले जापानलाई ९ विकेटले हरायो

काठमाडौं:  एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो ।


नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । 


जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।


नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्