दैलेख पेट्रोल अन्वेषण: चीनले बुझायो प्रारम्भिक प्रतिवेदन

काठमाडाैं | असार ५, २०८२

दैलेख पेट्रोल अन्वेषण: चीनले बुझायो प्रारम्भिक प्रतिवेदन

काठमाडौं: पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । 


खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।


उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।


‘चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ, तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ’, उनले भने ।


दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ ।


प्रवक्ता नापितले थप अध्ययन वा उत्पादनको विषयमा अगाडि बढ्नको लागि चिनियाँ पक्षसँग जानकारी माग गर्दा अध्ययन गरेको ठाउँमा मिथेन ग्यासको सम्भावना रहेको जानकारी प्राप्त भएको बताए । 


तर, अब अध्ययन गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ । साथै, उनले चिनियाँ पक्षले नै अहिलेसम्मै ठूलो मेहनत र प्राविधिक तयारी गरेकाले थप अध्ययनको लागि उसैको सहयोग माग्न विभागले सरकारलाई सुझाव दिएको समेत उनले बताए ।


‘प्रारम्भिक अनुमानले मिथेन ग्यास रहेको भन्ने देखाए पनि कति छ भन्ने कुरा भने अहिले अनुमान गर्न सकिँदैन, अब केही समय सम्भावित ठाउँमा कच्चा पदार्थ निकाले उत्पादन गरेर पनि हेर्नुपर्ने हुन्छ, तर, यसको लागि भने हामीसँग जनशक्ति र प्राविधिक क्षमता दुवै छैन’, उनले भने ।


आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि प्रवक्ता नापितको भनाइ छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्