नेपालद्वारा नेदरल्याण्ड्स पराजित

काठमाडाैं | जेठ २८, २०८२

नेपालद्वारा नेदरल्याण्ड्स पराजित

काठमाडौं:  आइसिसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।


जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । नेपालले यसअघि भएको पहिलो खेलमा पनि नेदरल्याण्ड्सलाई हराएको थियो ।


स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो । तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई दिनु परेपछि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो । तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भएको हो ।


नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन÷तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारे ।


नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यसैगरी कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे ।


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।


यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५÷३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११÷११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।


नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिएका थिए ।


त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले चार मध्ये तीन खेल जितेको छ । नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा दुई रनले पराजित भएको थियो ।


नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्