सुनचाँदी व्यवसायीका तीन महासंघले गरे आन्दोलनका घोषणा

पाेखरा | जेठ २७, २०८२

सुनचाँदी व्यवसायीका तीन महासंघले गरे आन्दोलनका घोषणा

पोखरा:  नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सुनका गहनामा कर  र हिरा जवाहरात लगायतका बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणासँगै सुनचाँदी व्यवसायी महासंघले चरणबद्ध रुपमा आन्दोलका घोषणा गरेका छन् । 


सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
 

सरकारले आर्थिक वर्ष २०८२/८२ को बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरात लगायतका बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएपछि तीन व्यवसायी महासंघले विरोधका कार्यक्रमसहित आन्दोलनको घोषणा गरेको हुन् । 


विज्ञप्तीमा भनिएको छ, आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न सरकारसँग आग्रह गर्ने महासंघहरूको संयुक्त कार्यदल बैठकमा निर्णय भएको छ । 


महासंघले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गरिनुपर्ने समेत माग गरेको छ । 


यस्तै महासंघहरुले दिएको फर्म्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र A4 साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू सार्वजनिक गरेका छन् । 


यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

 


 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्