बेगनास तालमा बेपत्ता श्रेष्ठको शव फेला

पाेखरा | जेठ २६, २०८२

बेगनास तालमा बेपत्ता श्रेष्ठको शव फेला

पोखरा: पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत फेला परेका छन् । 


आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए । 


पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान सशस्त्र प्रहरी लबल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गोताखोरको टोलीले ३५ फिट गहिराइबाट निकालेको हो । 


बेगनासमा ताल मृत भेटिएका श्रेष्ठ गोरखाबाट ६ जनाको समूहमा घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्