बन्दको मारमा यात्रु: स्कर्टिङबाटै गन्तव्यमा पुर्याइँदै
पाेखरा | जेठ १९, २०८२
पोखरा: गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई साेमबार बिहान १० बजेदेखि १७ वटा पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो ।
कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतको कमाण्डमा अपलत्र परेका करिब ५ सय बढी यात्रुलाई काठमाडाैं र चितवन पठाइएकाे कास्की प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।
आजदेखि देशभर यात्रुबहाक र मालबहाक सार्वजनिक सवारी साधन ठप्प पारेका छन् ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

