पाचौं टाइगर कप भलिबल २१ लाख नाफामा, छैठौं संस्करण माघ ९ देखि !

पाेखरा | जेठ १४, २०८२

पाचौं टाइगर कप भलिबल २१ लाख नाफामा, छैठौं संस्करण माघ ९ देखि !

पोखरा:  पोखरामा सम्पन्न भएको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको छ । 


गतवर्ष माघ १२ देखि २० गतेसम्म आयोजना गरेको एनसेल पाचौ टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा प्रतियोगिताको आयव्यय टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 


टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा २१ लाख १ हजार ६ रुपैयाँ नाफा भएको बताए । 


उनका अनुसार प्रतियोगितामा १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी हुँदा १ करोड ५० लाख ८८ हजार ५ सय ६५ रुपैयाँ खर्च भएको बताए । 

कुन शिर्षकमा कति आम्दानी खर्च हेर्नुहोस् 

 


अध्यक्ष शर्माले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा, एवं खेलकुद अभियानमा सहयोग प्रतिवद्धता अनुसार प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न यस वर्षबाट प्रदेश खेलकुद प्ररिषद् गण्डकीलाई अक्षयकोषको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको बताए । 


गतवर्ष माघ १२ देखि २० गतेसम्म सम्पन्न भएको एनसेल पाचौं संस्करणको टाइगर कप प्रतियोगितामा महिला तथा पुरुषतर्फ १÷१ विदेशी टिमसहित ६÷६ टिमको सहभागिता रहेको थियो । 


टाइगर ग्रुप अफ पोखरा नेपालले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघसँग स्वीकृति समेत माग गरेको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले आज पोखरामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई स्वीकृति पत्र हस्तान्तरण गरे । 


नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा आयोजना हुने छैठौं संस्करणको टाइगर कपको लागि विदेशी भलिबल क्लबलाई सहभागिताका लागि समन्वय गर्ने प्रतिवद्धता समेत गरे । 


 

यो पनि पढ्नुहोस

 

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्