मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौ १२ गतेदेखि

पाेखरा | साउन २२, २०७९

मालेपाटन आठौं खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता भदौ १२ गतेदेखि

 

पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजले जनाएको छ ।
तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने आयोजकले बताएको छ ।

 

तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार प्राप्त गर्ने छन् ।

 

साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ लाख ३८ हजार खर्च हुने बताइएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ ।

 

प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापनको संयोजकमा दिपकप्रसाद बराल, प्रचारप्रसारमा सावित्री कोइराला, प्राथमिक उपचारमा कमला गौतम, मञ्च साउण्ड सिस्टम खाजा तथा खेलकुद व्यवस्थापनमा विमल श्रेष्ठ, निर्णयक मण्डल व्यवस्थापन तथा चिठीपत्रमा हेमराज भण्डारी, श्रण्टा सम्मान व्यवस्थापनमा वसन्तराज भण्डारी, अतिथि सत्कारमा कमला सुनार, स्वयंसेवक परिचालनमा मुन्द्रमान श्रेष्ठ, तिजगित प्रतियोगि व्यवस्थापनमा महेश्वर बराल, महोत्सव अनुगमत तथा मुल्यांकनमा लक्ष्मण कोइराला र महोत्सव सल्लाहकार उपसमितिको संयोजकमा उज्वल खत्रीलाई चयन गरिएको छ । साथै खेलकुदका लागि अफिसियल रेफ्रि शुसिल केसीलाई चयन गरिएको आयोजकले जानकारी दिएको छ ।

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्