मानव अधिकारको सम्मान र संरक्षण जरूरी: प्रदेश प्रमुख भट्ट
राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सव मनाइयो
पाेखरा | जेठ १३, २०८२
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ ।
‘हामी सबै आफ्नो अधिकारप्रति सचेत र अरूका अधिकारप्रति सम्मान गर्न सक्नुपर्दछ । विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो ।’ उहाँले भन्नुभयो – ‘लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाहरूको सम्वद्र्धन जरूरी छ ।’
मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै भट्टले आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति पनि धन्यवाद छ ।’
मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ ।
‘मानव अधिकार मानिसको रूपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय कानूनद्दारा सिर्जना हुने र राष्ट्रिय कानुनद्वारा कार्यान्वयन हुने हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानवले मानव भएर बाँच्न पाउनुपर्दछ भन्ने विश्वव्यापी धारणा मात्र होइन, यो आजको अपरिहार्य आवश्यकता हो ।’

राजनैतिक संरक्षण तथा दण्डहिनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ‘मानव अधिकार रक्षकलाई कार्यसम्पादनका लागि डरत्रास रहित सुरक्षित वातावरण जरूरी छ । मानव अधिकार रक्षकको संरक्षणले मानव अधिकारको सम्मान, लोकतन्त्रको संवद्र्धन, सुशासन, दिगो विकास र विधिको शासनको सम्मानजस्ता बृहत् उद्देश्यहरूलाई टेवा पुग्दछ ।’ उहाँले भन्नुभयो ।
मानव अधिकार सम्बन्धी जनचेतनाको अभाव रहेको हुँदा मानवअधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थप्नुभयो – ‘मानव अधिकारको सम्मान र संरक्षण सबैको दायित्व हो । यसको पालनाका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने हुन्छ ।’

पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

