३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, अर्का गम्भीर

नवलपरासी | जेठ १३, २०८२

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, अर्का गम्भीर

नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।  

 

मृत्यु हुनेमा  मध्यविन्दु– ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेका छन् । भने, बर्दाघाट नगरपालिका–५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । 

 

उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 


मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्