३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, अर्का गम्भीर
नवलपरासी | जेठ १३, २०८२
नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु– ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेका छन् । भने, बर्दाघाट नगरपालिका–५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।
उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

