पोखराको जीएमसीमा न्यूरो सर्जिकलको अत्याधुनिक आइसीयू स्थापना
पाेखरा | जेठ ११, २०८२
पोखरा: पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्यूरो क्रिटिकल केयरमा थप सेवा सुरु गरेको छ ।
जीएमसी प्रशासनले दिएको जानकारी अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसीयू स्थापना गरिएको छ ।
आइसीयूको स्थापनासँगै अब कलेजले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको छ ।
‘गण्डकी प्रदेशमै न्यूरोसम्बन्धित उपचारमा अस्पतालले आगामी दिन अझ परिष्कृत सेवा दिनेछ’ अस्पतालले जनाएको छ ।
जीएमसीले वरिष्ठ न्यूरोसर्जन प्राडा याम रोकालाई भित्र्याएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको हो ।
मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ ।
न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको हो । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरी सेवा बिस्तार गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

