पिएम कप: महिलातर्फ एपिएफ र एभरेष्टको विजयी सुरुवात
पाेखरा | जेठ ८, २०८२
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्याे।
एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित गर्याे ।
दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
एभरेष्टले पहिलो सेट २२–२५ ले गुमाएपनि दोस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै २५–१९, २५–१७ र २५–१३ ले सेट आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
एभरेष्ट भलिबल क्लबले नेपाली महिला भलिबलका कप्तान अरुणा शाहीसहित थाइल्याण्डका ३ विदेशी खेलाडीलाई समावेश गरेको छ ।
आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

