पोखरामा दुइसातादेखि बेपत्ता ‘बागलुङकी बेलीमाया’
पाेखरा | जेठ ६, २०८२

पोखरा: बागलुङको काठेखोला गाउँपालिका ४ तङग्राम भई पोखरा–२७ बस्दै आएकी ३८ वर्षीय बेलीमाया थापा पुन दुईसातादेखि बेपत्ता भएकी छिन् ।
करिव ८ वर्षदेखि पोखरा–२७ वनकुना चोकमा बस्दै आएकी बेलीमाया गत बैशाख २२ गतेदेखि परिवारको सम्पर्कमा नआएको उनका देवर रन पुनले जानकारी दिए ।
‘२२ गते दिउँसो घरबाट निस्कनुभएका उहाँ साँझसम्म पनि घरमा आउनु भएन । साँझसम्म पनि घर नआएपछि हामीले खोजी कार्य ग¥यौं’, पुनले भने, ‘रातभर नै खोजीकार्य गर्दा पनि फेला पार्न सकिएन नजिकको पसलमा रहेको सिसी क्यामेराको सहयोगमा खोजी ग¥यौं, केहीसमयपछि मझेरीपाटनमा गएको सूचनापछि खोजी कार्य गर्दा पनि कुनै खबर पाउन सकेनौं ।’
मझेरीपाटनका स्थानीयहरुले बेलीमायाको हुलिया अनुसारको महिला देखिएपनि एकिन जानकारी नभएको एक आफन्तले सुनाए ।
‘बेलीमायाको हुलिया अनुसार २२ गते मझेरीपाटन झरेको बुझिएको छ, त्यहाँका केही स्थानीयहरुलाई बुझ्दा हामीले बताएको हुलिया अनुसार उहाँ नै होकी भन्ने आशंका अनुसार खोजी ग¥यौं, ती आफन्तले भने, ‘प्रहरीको सहयोगमा त्यहाँ वरिपरि र सेती नदीमा खोजी कार्य ग¥यौै तर १५ दिन बितिसक्दा पनि केही क्लु पत्ता लगाउन सकेनौं ।’
बेलीमायाका देवर रन पुनले हराएको मितिदेखि खोजी कार्य गर्दा पनि फेला नसकेको बताए । उनले ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवदेन दिएको बताए ।
बेलीमायाका श्रीमान हर्क पुनले खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएपनि प्रहरी प्रशासनबाट आवश्यक सहयोग नपाएको गुनासो गरे ।
‘जेठ २२ गते दिउँसो खाना खाएर म काममा निस्किए, सधै घरमा बस्ने उनी म काममा निस्किएपनछ निस्किएकी रैछिन्, पुनले भने, ‘साँझ घर आउँदा देखिन खोजी कार्य गरियो, २३ गते ईलाका प्रहरी कार्यालय शिशुवामा खोजी कार्यका लागि निवेदन दियौ तर प्रहरी प्रशासनबाट आवश्यक सहयोग पाउन सकेनौं ।’
ईलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी हरिप्रसाद सलामीले बेलीमाया थापा पुन हराएको निवेदनपछि खोजी जारी राखेको बताए ।
‘बेलीमाया हराएपछि परिवारले खोजी कार्यका लागि निवेदन दिनुभएको छ, हराउने व्यक्तिको हुलिया र फोटो जिल्लामा पठाएका छौं, हामीले गर्ने अनुसन्धान जारी नै छ’, प्रहरी निरीक्षक सलामीले भने, ‘परिवारले शंका गरेका स्थानमा खोजी कार्य ग¥यौ तर केही पत्ता लगाउन सकेनौं, खोजी कार्य जारी नै छ ।’
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...