पाल्पाको खानीछाँप बेलडाँडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

५ घाइतेमध्ये १ काे अवस्था गम्भीर

पाल्पा | बैशाख ७, २०८२

पाल्पाको खानीछाँप बेलडाँडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।

 

पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हाे ।

 

ब्रेक फेल भएर दुर्घटना भई जिप सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको बताइएकाे छ ।

 

तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ ।

 

अन्यकाे अवस्था सामान्य रहेकाे छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्