बेइजिङमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विद्यालयहरु बन्द

काठमाडाैं | बैशाख १६, २०७९

बेइजिङमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विद्यालयहरु बन्द

चीनको राजधानी बेइजिङमा पनि कोरोना सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि विद्यालयहरू बन्द गरिएका छन् ।

 

महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो ।

 

सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् ।

 

महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए ।

 

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।

 

विद्यालय अब पुनः कहिले संचालन गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् ।-

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्