मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु

४५ प्रतिशत सेवाग्राहीलाई सहजता

पाेखरा | बैशाख ९, २०८१

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु

पोखरा:  गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । 

 

विभिन्न ११ जिल्लाका अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । 

 

यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन् । 

 

सेवा सुरु गरेको अस्पतालको तथ्यांक हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताउनुभयो ।  

 

‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ, लमजुङ अस्पतालमा पनि सञ्चालनमा रहेको छ, मध्यविन्दु अस्पतालमा समेत सञ्चालनमा गएको छ । मैले हिजो मात्र अपडेट लिएको थिए स्याङजा अस्पतालले यहीं आइतबार वा सोमबारबाट सुरु गर्दैछ’ उहाँले भन्नुभयो । 

 

अरु धेरैं अस्पतालमा यो सेवा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनेर तयारी भइरहेको समेत उहाँले खुलाउनुभयो । 

 

यो सेवाको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्विकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत उहाँले जानकारी दिनुभयो । 

 

‘यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि थप जनशक्ति र स्रोत के चाहिन्छ हामीले त्यो आकलन गरिसकका छौं । त्यसको बन्दोवस्तीको लागि माननीय मुख्यमन्त्रीज्यू अहिले हाम्रो विभागीय मन्त्री पनि हुनुहुन्छ उहाँले स्वीकृत गरेर अर्थ मन्त्रालयमा थप स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको छ’ सचिव डा.शर्माले भन्नुभयो ।

 

उहाँका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्यांक अनुसार सेवा थप भएको समयमा सेवा लिनेको संख्या ४५ प्रतिशत रहेको छ ।

 

 ‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र  बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको छ । यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ । बिहान ७ देखि बेलुका ७ को ओपीडीको अवधारणले ४५ प्रतिशत सेवाग्राहीलाई फाइदा  देखिएको छ’ उहाँले थप्नुभयो । 

 

यसले टाढा गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहजता बनेको उहाँले सुनाउनुभयो ।

 

‘माननीय मुख्यमन्त्रीज्यूले यो ढोका खोल्नु भएको छ । यो अत्यन्तै अपेक्षित छ, यसबाट के पनि सिकाइ भयो भने बिहान गाउँबाट सदरमुकाममा आउँछन् उनीहरू सदरमुकाम आइपुग्दा बेलुका हुन्छ, अस्पतालको १० देखि ५ को समय टरेको हुन्छ । बेलुका उनीहरू बजारमा आएर स्थानीय स्वास्थ्य क्लिनिक, पोलिक्लनिकहरूमा देखाएर औषधी पोको पारेर जाने अवस्था थियो । उनीहरूलाई अस्पतालको सेवाले समावेश गर्न सकेको थिएन, यो विशेष सिकाइ भएको छ’ उहाँको भनाइ थियो । 

 

अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रुपमा लिएर जाने तयारी मन्त्रालयले गरेको समेत उहाँले बताउनुभयो । न्युनतम  स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको छ ।
 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्