पोखरा स्पोर्टस् अवार्डलाई निट डेन्टलको साथ
पाेखरा | चैत २८, २०८१

पोखरा: नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ ।
पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ ।
खेलकुद र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वस्थ रहन खेलकुद आवश्यक भएको हुँदा खेल विकासको क्षेत्रमा काम गर्ने संस्थाले आयोजना गरेको स्पोर्टस् अवार्डलाई सदैव साथ रहेको निट डेन्टल एण्ड केयरका सञ्चालक बिरेन रानाले बताए ।
सबैको साथ र सहयोगले नै स्पोर्टस् अवार्डको गरिमा उच्च रहेको बताउँदै सहयोगीहरुप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर धन्यवाद ज्ञापन गरे ।
यसैगरि नेकपा एमाले जिल्ला समिति कास्कीका सचिव तथा समाजसेवी दर्शन लामाले अवार्डलाई नगद रु १० हजार सहयोग गरेका छन् ।
यस पटकको अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छभने उदीयमान खेलाडी विधाको लागि सहारा क्लब पोखरा र उत्कृष्ट प्रशिक्षक विधाको प्रायोजन टाइगर ग्रुप पोखराले गरिसकेको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आइरहेको छ ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका सचिव राजु गिरीले जानकारी दिएका छन् ।
काठमाडौं: कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ । कतारको पररा...
काठमाडौं: पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारल...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्...