पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शिवराजको मृत्यु

पाेखरा | चैत २८, २०८१

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शिवराजको मृत्यु

पोखरा:  पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार शिवराज कँडेलको मृत्यु भएको छ । 


पोखरा–९ बसपार्कमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखरा चाउथे घर भएका शिवराज गम्भिर घाइते भएका थिए । 


पोखरा–९ बसपार्कमा ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटरमा सवार ५३ वर्षीय कँडेलको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । 


ट्रकले ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीय सुस्मिता कँडेलको हात र घुँडामा चोक लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  


स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्