लेकसाइडमा खुल्यो बुटिक होटल टेम्पल बेल

पाेखरा | चैत २६, २०८१

लेकसाइडमा खुल्यो बुटिक होटल टेम्पल बेल

पोखरा:   लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ ।

 

पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण गरी सोमबारबाट सेवा प्रारम्भ गरेको हो ।

 

नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा समेट्ने गरी होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको छ ।

 

होटलको संरचना नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

 

पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

 

सन् २०२१ डिसेम्बरमा सुरु गरिएको होटल निर्माण कोभिड महामारीको चुनौतीबीच साढे ३ वर्षमा सम्पन्न भएको हो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको जानकारी प्रबन्ध निर्देशक भीष्मराज पौडेलले दिए ।


होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लक छन् । कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा छन् ।

 

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ ।


होटलले ‘सफ्ट ओपनिङ’ गरेको छ ।

 

वैशाख महिनाभित्र होटलको ‘ग्रान्ड ओपनिङ’ गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाका लागि विशेष छुट र अफर प्रस्तुत गरिएको पनि प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

 

स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् ।

 

स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले सुनाए ।


टेम्पल बेल बुटिक होटेल एन्ड स्पा पोखरामा आउने मिडिल र हाइ–एन्ड सेग्मेन्टका पर्यटकहरूका लागि लक्षित गरिएको हो । पोखराको सांस्कृतिक विविधता, साहसिक गतिविधि र शान्त वातावरणका बीचमा विश्वस्तरीय सेवा दिन सक्ने विश्वास होटल व्यवस्थापनको छ ।

 

होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको कर्पाेरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । कर्मचारीलाई सेवा, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवा सम्बन्धी विशेष तालिम दिइएको उनले जनाए ।


होटलको निर्माणमा स्थानीय सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ ।

 

ढुंगा, नेपाली काष्ठकला, ढाका, बाँस, ढुंग्रो, नेपाली पेपरजस्ता परम्परागत सामग्रीहरू प्रयोग गरी भवनको संरचना तयार पारिएको प्रबन्ध निर्देशक पौडेलले बताए । कोठाहरू, करिडोर र खुला क्षेत्रहरू हरियाली प्रवद्र्धन हुने गरी वातावरणमैत्री ढंगले सजाइएका छन् ।

 

होटल सञ्चालकद्वय विश्व र भीष्मकी आमा ज्ञानुदेवी पौडेलले आफ्ना सन्तानले गरिरहेको कामको सराहना गर्दै उज्ज्वल भविष्यको शुभकामना प्रकट गरिन् । होटलका आकर्षक सुविधाहरूले पाहुनाहरूलाई आरामदायी र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको होटलकी कर्मचारी आशा गुरुङले बताइन् ।


होटलको नाममा प्रयोग भएको ‘टेम्पल बेल’ अर्थात् मन्दिरको घण्टी, पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक भएको जनाइएको छ । 

काठमाडौँ:   यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् ।   ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि...

थप पढ्नुहोस्

पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् ।   आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय क...

थप पढ्नुहोस्

पोखरा:  गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ ।   सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डक...

थप पढ्नुहोस्