सगरमाथा आरोहण दलका सदस्यलाई ब्यानर हस्तान्तरण
काठमाडाैं | चैत २५, २०८१
काठमाडौं: सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक थापाले शेर्पालाई आरोहणको सफलताको शुभकामना व्यक्त गर्र्दै आरोहणमा सहयोग र सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, सङ्घसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिनुभएको थियो ।
त्यसअवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी नायब महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

