पोखरामा ३० गते एमालेको वृहत जागरणसभा, १० हजार नागरिक उतार्ने तयारी

पाेखरा | चैत २४, २०८१

पोखरामा ३० गते एमालेको वृहत जागरणसभा, १० हजार नागरिक उतार्ने तयारी

पोखरा:   नेकपा (एमाले) कास्कीले पोखरामा वृहत जागरण सभाको आयोजना गर्ने भएको छ ।

 

यही चैत्र ३० गते पोखराको चिप्लेढुंगामा बिहान ११ बजे जिल्लास्तरीय वृहत जागरण सभा आयोजना गर्ने भएको हो ।

 

गणतान्त्रिक व्यवस्थाको पक्षमा उक्त जागरणसभाको आयोजना गरिने एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए । उनका अनुसार सो सभामा कास्की भित्रका नेता तथा कार्यकर्तासहित करिब १० हजार नागरिक उतार्ने तयारी छ ।

 

उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकोविरुद्धमा आम नागरिकमा भ्रम फैलाउदै गएकाले उक्त भ्रम चिर्न, र नागरिकलाई सचेत बनाउन जागरण अभियान चलाएको बताए ।

 

‘अहिले देश र व्यवस्थाविरुद्ध विभिन्न बहानामा धावा बोल्ने काम जुन भइरहेको छ, उनले भने, ‘विशेषगरी एआईको प्रयोगले सरकारको कामलाई सामाजिक सञ्जालमा म्यानुपुलेट गर्ने काम भइरहेको छ, यसबार भ्रम चिर्न र नागरिकलाई सुशोचित बनाउन यो कार्यक्रमको आयोजना गरेका हौं।

 

सचिव लामाले नागरिकको अवस्थालाई व्यवस्थित गर्दै गणतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनुपर्ने समय आएकाले अग्रगामीहरु एकताको सुक्रमा बाँधिनुपर्ने बताए ।

 

उनले प्रतिगामीहरुले नागरिकहरुलाई पश्चगमनतर्फ फर्काउन र भ्रमको खेती गरिरहेको बताउदै पश्चगामीहरुलाई परास्त गर्नका लागि एकुजट हुनुपर्ने बताए । 

 

एमाले कास्कीले यसअघि गत १८ गते पोखरामा जागरण अभियान अन्तर्गत वृहत मोटरसाइकल र्यालीको आयोजना गरेको थियो । 

 

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्