पोखरामा ३० गते एमालेको वृहत जागरणसभा, १० हजार नागरिक उतार्ने तयारी
पाेखरा | चैत २४, २०८१
पोखरा: नेकपा (एमाले) कास्कीले पोखरामा वृहत जागरण सभाको आयोजना गर्ने भएको छ ।
यही चैत्र ३० गते पोखराको चिप्लेढुंगामा बिहान ११ बजे जिल्लास्तरीय वृहत जागरण सभा आयोजना गर्ने भएको हो ।
गणतान्त्रिक व्यवस्थाको पक्षमा उक्त जागरणसभाको आयोजना गरिने एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए । उनका अनुसार सो सभामा कास्की भित्रका नेता तथा कार्यकर्तासहित करिब १० हजार नागरिक उतार्ने तयारी छ ।
उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकोविरुद्धमा आम नागरिकमा भ्रम फैलाउदै गएकाले उक्त भ्रम चिर्न, र नागरिकलाई सचेत बनाउन जागरण अभियान चलाएको बताए ।
‘अहिले देश र व्यवस्थाविरुद्ध विभिन्न बहानामा धावा बोल्ने काम जुन भइरहेको छ, उनले भने, ‘विशेषगरी एआईको प्रयोगले सरकारको कामलाई सामाजिक सञ्जालमा म्यानुपुलेट गर्ने काम भइरहेको छ, यसबार भ्रम चिर्न र नागरिकलाई सुशोचित बनाउन यो कार्यक्रमको आयोजना गरेका हौं।
सचिव लामाले नागरिकको अवस्थालाई व्यवस्थित गर्दै गणतान्त्रिक व्यवस्थालाई मजबुद बनाउनुपर्ने समय आएकाले अग्रगामीहरु एकताको सुक्रमा बाँधिनुपर्ने बताए ।
उनले प्रतिगामीहरुले नागरिकहरुलाई पश्चगमनतर्फ फर्काउन र भ्रमको खेती गरिरहेको बताउदै पश्चगामीहरुलाई परास्त गर्नका लागि एकुजट हुनुपर्ने बताए ।
एमाले कास्कीले यसअघि गत १८ गते पोखरामा जागरण अभियान अन्तर्गत वृहत मोटरसाइकल र्यालीको आयोजना गरेको थियो ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

