फेवा नववर्ष महोत्सवको निम्तो दिन काठमाडौं पुग्यो होटल संघको टोली
तयारी अन्तिम चरणमा
पाेखरा | चैत २३, २०८१
पोखरा: होटल संघ पोखरा नेपालले आगामी ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा २० औं फेवा नववर्ष महोत्सव आयोजना गर्दैछ ।
त्यसका लागि पत्रकार सम्मेलनमार्फत निम्तो दिन होटल संघको टोली काठमाडौं पुगेको हो ।
सो अवसरमा बोल्दै महोत्सवका संयोजक तथा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित विगत २२ वर्षदेखि नववर्ष महोत्सवको आयोजना हुँदै आएको बताए ।
उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्ष महोत्सव रोकिएको जानकारी दिदैं फेरि लयमा फर्किएको बताए ।
उनका अनुसार सो महोत्सव खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुनेछ ।
उक्त महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
उनका अनुसार महोत्सव अवधिमा पर्यटकलाई २० प्रतिशत छुट दिइने छ ।
सो महोत्सवले पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।
महोत्सवको मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रा.लि, सहप्रायोजकका रुपमा बरुण बेभरेज प्रालिको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार प्रालि, फोन पे, अन्नपुर्ण केवलकार प्रालि, टोकला चिया रहेका छन् ।
यस्तै इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ भने, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, र पोखरा महानगरपालिकका रहेका छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

