राष्ट्रिय हेमजा आलु महोत्सव चैत २४ देखि, महोत्सव अवधीभर आलु प्रतिकेजी ४२ रुपैयाँ
पाेखरा | चैत १८, २०८१

पोखरा: पोखरा महानगरपालिका–२५ हेमजामा यही चैत २४ देखि बैशाख ३ गतेसम्म १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । विष्णु पादुका क्लबको आयोजनामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुन लागेको क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको राष्ट्रिय हेमजा आलु महोत्सव यो वर्ष पनि आयोजना गर्दै छौं, अध्यक्ष श्रेष्ठले भने, ‘महोत्सव कृषकको चाडको रुपमा लिएका छौं, आलु महोत्सवका लागि भनेर हेमजामा नै उत्पादन भएका ४० हजार केजी आलु भण्डारण गरेका छौं ।’
उनका अनुसार महोत्सव अवलोकनका लागि साधारण टिकट प्रतिव्यक्ति ८० रुपैंया, विद्यार्थी सहुलियत ५० र हेमजाबासीलाई २ सय रुपैंयाको पास लिएपछि महोत्सवभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिवर आलुको मूल्य प्रतिकिलो बढीमा ४२ रूपैंया रहनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा वडा नं. २५ अध्यक्ष मोतिलाल तिमिल्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दैै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट परे ।
उनले भने– ‘पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको छ । आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास छ ।’
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
म्याग्दी: जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...
पोखरा: रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...