‘वाडा अटो शो’: एसइई दिएर बसेका विद्यार्थीलाई प्रवेश निशुल्क

काठमाडाैं | चैत १७, २०८१

‘वाडा अटो शो’: एसइई दिएर बसेका विद्यार्थीलाई प्रवेश निशुल्क

पोखरा:   पोखरामा पहिलो पटक हुन भइरहेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ मा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । 


१९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहको अटो सोमा इभि गाडी प्रति आगन्तुकको बढि चासो देखिएको छ । 


अटो शोमा भेटिएका न्युरोडका श्याम मल्लले अहिले प्रयोग गरिरहेको पेट्रोल गाडीलाई एक्सचेन्ज गरेर इभी गाडी बुक गरेको सुनाए । 


उनले पेट्रोल गाडीले इन्धन खर्चका साथै वातावरणमा पनि असर गर्ने र सम्भार खर्च पनि बढने हुँदा इभि गाडी तर्फ रुची बढेर बुकिंग गरेको बताए । 


यसै गरि अटो सोमा इभीका नया फिचर सहितका सवारीसाधन बुक गर्न आएका मोहोरिया टोलका कमल श्रेष्ठले पनि समय अनुसारको परिबर्तन चाहनेले इभि गाडी मनपराउने बताए । 


अटो सोमा शनिबार सम्म अनुमानित २० हजार दर्शकले अवलोकन गरिसकेको कार्यक्रमका प्रचार संयोजक विनय थापाले जानकारी दिए । 


आइतबार अन्तिम दिन पनि भएकोले एसइइ दिएर बसेका विद्यार्थीहरुलाइ अटो शोमा प्रबेश निशुल्क गरिएको थापाले बताए ।  


पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा विहिबारबाट शुरु भएको कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका मेयर धनराज थापाले गरेका थिए । 


अटो शोलाई मध्यनजर गर्दै शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।  यस अघि कार्यक्रमको प्रचारप्रसारका लागि पोखरा उपत्यका मोटर रेस, केभ टु केभ मोटर साइकल र्याली, सरसफाइ कार्यक्रम गरिएको थियो । 


अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  । 

 
प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । 


अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् । 

 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्